दफा
समिति सङ्गठित संस्था हुने

५.१ उपदफा ४.१ बमोजिम गठित समिति अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र सङ्गठित संस्था हुनेछ ।
५.२ समितिको आफ्नो एउटा छुट्टै छाप हुनेछ ।
५.३ समितिले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेचविखन गर्न वा अन्य किसिमले बन्दोबस्त गर्न सक्नेछ ।
५.४ समितिले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजूर गर्न र सो उपर पनि सोही नामबाट नालिस उजूर लाग्न सक्नेछ ।